२६ असार २०८३, शुक्रबार

गुल्मीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, ११ जना घाइते

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ मिसुकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

दुर्घटनामा गुल्मीदरबार–४ की ३५ वर्षीया कृष्णा ढेंगा र ४० वर्षीया मीना सनामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको जिप अनियन्त्रित भइ स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किएको थियो ।

घाइतेहरूलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र श्रृंगारमा पु¥याएर उपचार भइरहेको छ । घाइतेमध्ये २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।