५ श्रावण २०८३, मंगलबार

‘मूल्य बढाउने सरकार होसियार, जनताको हुन्छ प्रतिकार’

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धिको विरोधमा युवाहरुले प्रदर्शन गरेका छन् ।

शनिबार माइतीघर मण्डलामा राष्ट्रिय जेनजी नागरिक अभियानले गरेको प्रदर्शनमा उनीहरुले मूल्यवृद्धि घटाएर राहत दिन माग गरेका हुन् ।

उनीहरुले ‘मूल्य बढाउने सरकार होसियार, जनताको हुन्छ प्रतिकार’, ‘पेट्रोलमा कर खारेज गर, जनताको जीवन सहज गर’, ‘महँगीको मार बन्द गर, पेट्रोल कर बन्द गर’, ‘कर घटाउ–मूल्य घटाउ, जनतालाई राहत देउ’ लगायत लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरूले पेट्रोलियम पदार्थको उच्च मूल्यले दैनिक जीवन कठिन भएको बताएका छन् ।