ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा आगलागी हुँदा ५७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान विद्युत् चुहिएर आगो सल्किँदा दुवै घर पूर्ण रूपमा जलेका तथा लत्ताकपडा, भाँडावर्तन, सुनचाँदी लगायत घरमा रहेको १० लाख रुपैयाँ नगद समेत खरानी भएको छ । आगलागीमा ५७ लाख १० हजार ७५० रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा करिब तीन घण्टामा आगो निभाइएको थियो ।








प्रतिक्रिया