काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा यात्रुहरुलाई जबर्जस्ती तानातान गरेर हैरानी दिई अभद्र व्यवहार गरेको आरोपमा १८ जना पक्राउ परेका छन् ।
गएराति विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
विमानस्थलमा आउनेजाने यात्रुहरूले विचौलियाका कारण सास्ती खेप्नु परेको गुनासो गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ ।
उनीहरूमाथि अभद्र व्यवहारको मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यी हुन् पक्राउ परेका १८ जना
१) सर्लाही घर भई काठमाडौं सिनामगल बस्ने वर्ष १८ को सूर्य माझी
२) बाँके घर भईका एयर्पोट बस्ने २२ को एकेश तामाङ
३) पाँचथर घर भई एयर्पोट बस्ने वर्ष २६ को प्रेमकुमार मगर
४) सिन्धुली घर भई नयाँबस्ती बस्ने बर्ष ३२ को राजकुमार राई
५) मकवानपुर घर भई एयर्पोट बस्ने वर्ष ४० को मगलमान घलान
६) पाँचथर घर भई टोखा बस्ने वर्ष ३८ को खगेन्द्र लिम्बु
८) मोरङ घर भई एयर्पोट बस्ने वर्ष २९ को आशिस खतिवडा
९) मकवानपुर घर भई सम्भुमार्ग बस्ने वर्ष ३४ को विश्व मोक्तान
१०) धनुषा घर भई एयर्पोट बस्ने वर्ष ४५ को वीरेन्द्र झा
११) सिराहा घर भई तिलगगा बस्ने वर्ष ६० को लडा मिया
११) नयाँ बस्पार्क बस्ने वर्ष ४६ कि पर्सुराम राई
१२) रामेछाप घर भई भक्तपुर बस्ने वर्ष २७ को सन्तु तामाङ
१२) धनुषा घर भई तिलगगा बस्ने वर्ष ५३ को रघुवीर शाह
१३) महोतरी घर भई तिलगगा बस्ने वर्ष ३३ को राजिवकुमार रावत
१४) धनुषा घर भई गौशला बस्ने बर्ष २६ को सरोजकुमार महतो
१५) मकवानपुर घर भई काजि गौशला बसस्ने वर्ष १९ को अजयलामा
१६) झापा घर भई सिनामगल बस्ने वर्ष ३९ को केशब लिम्बु
१७) बझाङ घर भई सिनामगल बस्ने वर्ष २० को रामप्रसाद जोशी
१८) बजाङ घर भई कीर्तिपुर बस्ने वर्ष २९ को बिमलराज जोशी








प्रतिक्रिया