२८ असार २०८३, आइतबार

उपसभामुखमा हामी महिला उम्मेदवार खडा गर्छौँ : हर्क साम्पाङ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत राईले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा खडा गर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाई दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ! हामी महिला उम्मेदवार खडा गर्दैछौँ ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई १ ७ भोट आउँछ कि १८९ ?’

उनले नयाँ भनिएको दलले आफ्नो दलको उम्मेदवारलाई मत दिने विश्वास समेत व्यक्त गरेका छन् ।