१६ असार २०८३, मंगलबार

अबुधाबीमा मिसाइलको अवशेष खस्दा सात नेपाली घाइते

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । संयुक्त अरब इमिरेट्सको एयर डिफेन्स सिस्टमले एउटा मिसाइललाई आकाशमै नष्ट गरेपछि त्यसको अवशेष खस्दा अबुधाबीमा सात नेपाली नागरिक घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले पुष्टि गरेका छन् । अबुधाबीको अजवान क्षेत्रमा खसेको मिसाइलको अवशेषका कारण कुल १२ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा सात नेपाली र ५ जना भारतीय नागरिक रहेका छन् । अधिकारीहरूका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी उपचार प्रक्रिया अघि बढाइएको छ ।

यसैगरी, मिसाइलको अवशेष खसेपछि हबसान ग्यास प्रशोधन केन्द्रमा दुईवटा ठूला आगलागीका घटना भएका छन् ।

आपतकालीन टोलीले आगोलाई नियन्त्रणमा लिए पनि साइट खाली गर्ने क्रममा भागदौड हुँदा एक इजिप्टका नागरिकको मृत्यु भएको छ । उक्त स्थानमा दुई पाकिस्तानी र दुई इजिप्टका गरी अन्य ४ जना घाइते भएका छन् ।

आगलागीका कारण ग्यास प्लान्टका संरचनाहरूमा ठूलो क्षति पुगेको बताइएको छ । अधिकारीहरूले अहिले क्षतिको पूर्ण मूल्यांकन गरिरहेका छन् ।

स्थानीय प्रशासनले सर्वसाधारणलाई सामाजिक सञ्जालमा फैलिने अनावश्यक हल्लाको पछि नलाग्न र आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न आग्रह गरेको छ ।