८ असार २०८३, सोमबार

त्रिभुवन राजपथको टिस्टुङमा ट्रक पल्टँदा यातयात अवरुद्ध

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन राजपथ सडक अन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ टिस्टुङमा ट्रक पल्टँदा यातयात अवरुद्ध भएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख १७५० नम्बरको ट्रक आज बिहान करिब १ः३० बजे ट्रक टिस्टुङमा दुर्घटना हुँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

ट्रक चालक धादिङ, बेनिघाट रोराङ गाउँपालिका–२ का २७ वर्षीय धुर्व घलेले ट्रकबाट हाम फाल्दा दाहिने खुट्टामा चोट लागि सामान्य घाइते भएका थिए । घाइते चालकलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पालुङको प्रहरी टोलीलले ट्रक हटाएर यातायात सेवा सञ्चालनका लागि प्रयास गरिरहेको छ ।