३ श्रावण २०८३, आइतबार

नेता कार्यकर्तालाई अध्यक्ष ओलीको सन्देश– सत्यसँग नलड्नु, असत्यसँग नझुक्नु

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्म ओलीले नेता/कार्यकर्तालाई सन्देश पठाएका छन् ।

प्रहरी हिरासतमा रहेर त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीले सन्देश पठाएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले मालेलाई जनताले कमजोर बनाउने परिस्थिति सिर्जना नहुँदा जनताको नाममा केही प्रायोजित मान्छेहरूले भावनाको व्यापार गरेका बताए । यस्तै उनले सत्य नलुक्ने भन्दै असत्यसँग नझुक्न आग्रह गरेका छन् ।

यी हुन् ओलीले पठाएका सन्देश–

१. भदौ २३ र २४ गतेका घटनाको सत्यतथ्य छिटै बाहिर आउँछ ।

२. एमालेलाई जनताले कमजोर बनाउने परिस्थिति सिर्जना नहुँदा जनताको नाममा केही प्रायोजित मान्छेहरूले भावनाको व्यापार गरे । त्यसलाई हामीलाई च्यात्न सकेनौँ ।

३. सत्यसँग नलड्नु, असत्यसँग नझुक्नु भन्ने प्रतिबद्धतामा नलडखडाउनु ।

४. कार्यकर्ता पंक्तिले यतिबेला विरोधिको मसाल बन्नुहुन्न, अझै एकताबद्ध भएर वास्तविकता र यथार्थलाई उजागर गर्न लाग्नुपर्छ ।