काठमाडौं । यात्रुलाई जबरजस्ती गरेर टिकट काट्न बाध्य बनाउने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नयाँ बसपार्क र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले टिकट काउन्टरमा काम गर्ने १३ जनालाई पक्राउ गरेको हो ।
नयाँ बसपार्कबाट १२ जना र कलंकीस्थित सडकखण्डबाट एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूले आफ्नो गाडीमा टिकट काट्न भन्दै यात्रुको झोला तथा सामान तान्ने, दुःख दिने, अभद्र व्यवहार गर्ने गरेका थिए ।








प्रतिक्रिया