२९ असार २०८३, सोमबार

ट्रम्पले संसदमा पठाए रक्षा बजेट वृद्धिको प्रस्ताव, १.५ ट्रिलियन डलर माग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले रक्षा बजेट वृद्धि गर्ने प्रस्ताव संसदमा पठाएका छन् । ह्वाइट हाउसले शुक्रबार अर्को वर्षका लागि १.५ ट्रिलियन डलरको अमेरिकी रक्षा बजेट माग गरिएको खर्च प्रस्ताव संसद्मा पठाएको हो ।

अमेरिकाले इरानसँग युद्ध गरिरहँदा अधिकारीहरूले रक्षा खर्चमा वृद्धि गर्ने प्रस्ताव गरेका हुन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार, पेन्टागनको कुल वार्षिक खर्चमा भएको वृद्धि दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो हुनेछ ।

यद्यपि, यो राष्ट्रपतिको बजेट इच्छा प्रस्ताव सूची मात्र हो । यो बाध्यकारी आदेश नभएर यसलाई अमेरिकी कंग्रेसले अनुमोदन गर्नुपर्नेछ ।

प्रस्तावमा लेखिएको छ, “सन् २०२६ को बजेटले यो वर्षका लागि ऐतिहासिक एक ट्रिलियन डलरको समग्र रक्षा खर्च निर्धारण गरेको थियो । नयाँ प्रस्तावमा सन् २०२७ को लागि कुल बजेट स्रोतहरूमा १.५ ट्रिलियन डलर रक्षा बजेको लागि अनुरोध गरिएको छ ।”

प्रस्तावमा भनिएको छ, “यो चार खर्ब ४५ अर्ब वा सन् २०२६ को कुल संसाधन स्तरबाट ४२ प्रतिशत वृद्धि हो ।”