७ श्रावण २०८३, बिहिबार

निर्णय सच्याउन सरकारलाई पत्रकार महासंघको तीनदिने अल्टिमेटम

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारणको निर्णय सच्चाउन सरकारलाई तीनदिने अल्टिमेटम दिएको छ ।

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन÷प्रशारण गर्ने परिपत्र जारी गरेको विषयमा शुक्रबार (चैत २०) काठमाडौंमा सरोकारवालासँग छलफल गर्दै महासंघले उक्त निर्णय सच्चाउन सरकारलाई तीनदिने अल्टिमेटम दिने निर्णय गरेको हो ।

छलफलमा सहभागीहरूले सरकारको उक्त कदम विभेदकारी भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका थिए । छलफलमा पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णयले सञ्चारमाध्यमलाई समस्या पर्ने भएकाले सच्चाउन माग गरिन् । यस विषयमा वार्तालाई पनि सँगसँगै अघि बढाउने उनको भनाइ छ ।

सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै संघीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाईसमेत जारी गरिएको परिपत्रको विरोधमा महासंघले सरोकारवालासँग छलफल गरेको थियो ।