१५ असार २०८३, सोमबार

इरानको कब्जामा रहेका नेपाली झाको अवस्था के छ ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अफवाह फैलाएको आरोपमा इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर झा सकुशल रहेका र हाल कारागारमा रहेको जानकारी दिएको हो। उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।

मुद्दा चलिरहेकै कारण उनलाई तत्कालै थप केही गर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले स्पष्ट पारे ।