एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज हुने खेलमा चेन्नई सुपर किंग्सले घरेलु मैदानमा पुनः बलियो प्रदर्शन गर्ने लक्ष्यसहितपञ्जाब किंग्सको सामना गर्दैछ । खेल चेन्नईमा नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
पञ्जाबका कप्तान श्रेयस अय्यर फिट भइसकेका छन् । तर चेन्नईका लागि डिवाल्ड ब्रेभिस चोटका कारण खेल्ने सम्भावना कम देखिएको छ । टोलीका अनुभवी खेलाडी महेन्द्र सिंह धोनी पनि टोलीमा नहुन सक्छन् ।
चेन्नईले अघिल्लो खेल गुवाहाटीमा हार व्यहोरेपछि टोली दबाबमा छ । टोलीका प्रशिक्षक माइकल हसीले घरेलु समर्थकबीच खेल्दा टोलीलाई आत्मविश्वास मिल्ने बताएका छन् ।
पञ्जाबका ओपनर प्रियंश आर्या र प्रभसिमरन सिंह पावरप्लेमा आक्रामक ब्याटिङका लागि परिचित छन् । मध्यक्रममा कप्तान श्रेयसले स्थिरता दिन सक्छन् भने अन्तिम ओभरमा शशांक सिंह खतरनाक ब्याटर मानिन्छन् ।
चेन्नईका कप्तान ऋतुराज गायकवाड पछिल्ला खेलमा राम्रो लयमा छैनन् । आइपिएकका पछिल्ला १० इनिङ्समध्ये ६ पटक उनले एक अंकको स्कोरमै आउट भएका छन् । तर चेपक मैदानमा उनको रेकर्ड राम्रो छ। उनले यहाँ ७ सय ६४ रन बनाएका छन् ।
पञ्जाबका मार्कस स्टोइनिस चेपकमा शतक बनाउने थोरै खेलाडीमध्ये एक हुन् । बायाँहाते तीव्र बलर अर्शदीप सिंह र खलिल अहमद यो पावरप्लेमा विकेट लिन माहिर मानिन्छन् ।
त्यस्तै स्पिनर युजवेन्द्र चाहलले चेन्नईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले चेन्नईविरुद्ध आपिएलमा २३ विकेट लिएका छन् ।








प्रतिक्रिया