३० असार २०८३, मंगलबार

एमाले सचिवालय बैठक जारी, बादलको अभिव्यक्ति मुख्य एजेन्डा

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) सचिवालयको आकस्मिक बैठक जारी छ । शुक्रबार दिउँसो पार्टी मुख्यालय च्यासलमा बैठक बसेको हो ।

कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलगायत विषयमा बैठकमा छलफल गरिने सचिव पद्मा अर्यालले बताइन् । उनले बाह्रखरीसित भनिन्, “कार्यवाहक अध्यक्ष बादलको अभिव्यक्तिलाई लिएर पार्टी पदाधिकारीले असन्तुष्टि व्यक्त गर्नुभएको छ । यिनैलगायत विषयमा छलफल हुनेछ ।”

बादलले बिहीबार प्रतिनिधिसभा बैठकमा पार्टीको स्थापित नीतिविपरीत अभिव्यक्ति दिएको भन्दै उपाध्यक्ष विष्णु पौडेललगायत नेताले आपत्ति जनाएका छन् ।

बुधबार एमाले संसदीय दलको नेतामा बादल चुनिएसँगै पार्टीभित्र मतभेद सतहमा देखिएको छ ।