१० श्रावण २०८३, आइतबार

सभामुखका लागि डीपी अर्यालको उम्मेदवारी दर्ता

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य डोलप्रसाद (डीपी) अर्यालले उम्मेदवारी दर्ता गराएका छन् ।

बिहीबार रास्वपा संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सभामुख पदका लागि अर्यालको नाम प्रस्ताव गरेकामा सर्वसम्मत रूपमा अनुमोदन भएको थियो।

अर्याल गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन्।

सभामुख पदमा उम्मेदवारी दर्ताका लागि संसद् सचिवालयले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको छ।