५ श्रावण २०८३, मंगलबार

एसईई प्रश्नपत्र आउट गर्ने एक युवक पक्राउ

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । सर्लाहीमा यस वर्षको एसईईको प्रश्नपत्र बाहिर लाने प्रयास गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कविलासी नगरपालिका–५ पचगछियाका २४ वर्षीय मनोजकुमार यादव रहेका छन्।

सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार यादवलाई सोही पालिकाको वडा नम्बर २ पिपरियास्थित बाल गोविन्द जनता माध्यमिक विद्यालय परीक्षा केन्द्र बाहिर बिहीबार पक्राउ गरिएको हो । परीक्षा सुरु भएको केही मिनेटमै (८ः०९ बजे) उनी परीक्षा केन्द्रबाहिर बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

उनको मोबाइलमा परीक्षा भइरहेको अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्रका ६ पाना भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवमाथि परीक्षासम्बन्धी कसुर मुद्दा दर्ता गर्दै सर्लाही जिल्ला अदालतले ३ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन आदेश दिएको छ ।

सर्लाही प्रहरीले परीक्षा शान्ति र निष्पक्षताको सुनिश्चितताका लागि थप निगरानी जारी राखेको जनाएको छ ।