काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमन गरेका छन् ।
उनी आज साँझको समयमा टोलीसहित स्थलगत निरीक्षणमा पुगेका हुन् । अनुगमनका क्रममा गृहमन्त्री गुरुङले यात्रुहरूलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी सेवा प्रवाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
उनले विशेषगरी सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोजनका सामानमा अनावश्यक जाँच नगर्न कर्मचारीलाई सचेत गराउँदै सेवाग्राहीमैत्री व्यवहार गर्न आग्रह गरेका छन् ।









प्रतिक्रिया