४ श्रावण २०८३, सोमबार

संसदमा बादलले व्यक्त गरेका विचार एमालेको नीतिविपरीत : विष्णु पौडेल

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीका संसदीय दलका नेता रामबहादुर थापा बादलले पार्टीको नीति र मान्यताविपरीत अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा दलीय रूपमा बोल्ने क्रममा एमालेको तर्फबाट बादलले बोलेका थिए । उनी एमाले संसदीय दलको नेता पनि हुन् ।

संसद्मा रास्वपालाई बादलको दर्जन बढी प्रश्न

“प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छन्,“ पौडेलले फेसबुकमा लेखेका छन् ।

बादलको उक्त अभिव्यक्तिका बारेमा शुक्रबार बस्ने केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने अपेक्षा पनि गरेका छन् ।

“यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु,“ पौडेलले लेखेका छन् ।