२४ असार २०८३, बुधबार

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट पक्राउ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ । भट्टलाई सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गर्न पक्राउ गरेको सिआइबीका सूचना अधिकारी शिवकुमार श्रेष्ठले उकेरालाई जानकारी दिए ।

उनले भने, “हामीले थप अनुसन्धानको लागि उहाँलाई नियन्त्रणमा लिएका छौं । उहाँलाई सम्पत्ती शुद्धिकरण सम्बन्धी अनुसन्धान गर्न नियन्त्रणमा लिएका हौं”, उनले भने ।

गम्भिर आर्थिक अपराधमा भट्ट संलग्न रहेको खुले पनि उनीबिरुद्ध छानबिन भएको थिएन । राष्ट्र बैंकले सम्पत्ती शुद्धीकरण विभागलाई अनुसन्धान गर्न भन्दै पत्रचार गरेको भएपनि राष्ट्र बैँकलाई नै अनुसन्धान गर्न भन्दै विभागले पत्र पठाएको थियो ।

लामो समयदेखि राजनीतिक शक्तीलाई प्रभावित पारेर वित्तिय अपराध गर्दै आएको आरोप लागे पनि राजनीतिक पहुँचका कारण भट्टमाथिको अनुसन्धान रोकिएको थियो । तर फागुन २१ को निर्वाचनले ठूला मानिएका दल बढारिएपछि भने रास्वपाको सरकारले व्यवसायी भट्टको फाईल खोल्न ग्रिन सिग्नल दिएपछि प्रहरी सक्रिय भएको थियो ।

सम्पत्ती शुद्धीकरण विभागले अनुसन्धान अगाडि बढाउन भन्दै बुधबार विदेश भाग्ने आशंकाको बीच उनको राहदानी कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो । विभागले सोमबारै उनको राहदानी कालोसूचीमा राखेको थियो ।