२८ आश्विन २०८३, बुधबार

अनलाइमार्फत यौन व्यवसायमा लगाउने प्रतिवादी पक्राउ

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अनलाइनमार्फत यौन व्यवसायमा लगाउने प्रतिवादी शिवबहादुर सारुलाई नेपाल प्रहरीको मानव बेचबिचन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

पीडित २६ वर्षी ‘बबरमहल ३५७’ का अनुसार, सारुले आर्थिक प्रलोभनमा पारेर गत असोजमा विभिन्न होटलमा पठाई जबर्जस्ती यौन व्यवसायमा लगाएका थिए । सारुले पीडितलाई यौन व्यवसायमा लगाएबापत प्रतिग्राहक आठ हजारदेखि २० हजार रुपैयाँसम्म असुल्दै आएका थिए ।

सोही अवस्थामा प्रहरीले गत वर्ष कात्तिकमा पीडितको उद्धार गरेको थियो । उक्त कार्यप्रति पीडितले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जाहेरी दिएपछि प्रहरीले सारुको खोजी तीव्र पारेको थियो ।

सारुलाई यही चैत १८ गते साउदी अरबबाट नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सहयोगमा पक्राउ गरिएको हो ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।