काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले सामाजिक सञ्जालमा फैलिएको शैक्षिक संस्थामा हरेक शनिबार र आइतबार अनिवार्य बिदा भन्ने सम्बन्धी सूचना पूर्ण रूपमा भ्रामक भएको स्पष्ट पारेको छ।
मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नाम जोडेर गलत सूचना प्रसारण गरिएको जनाएको हो। विज्ञप्तिमा उक्त सूचनाले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै कुनै पनि आधिकारिक निर्णय नभएको प्रस्ट पारेको छ ।
मन्त्रालयले यस प्रकारका कपोलकल्पित सूचना र नक्कली कागजात प्रयोग गरी भ्रम फैलाउने कार्य गैरकानुनी भएको स्मरण गराएको छ । “यस्ता झुटा सूचना फैलाउने तथा सरकारी कागजात, छाप र दस्तखत दुरुपयोग गर्ने व्यक्तिहरूलाई पहिचान गरी कानुन अनुसार कारबाहीको दायरामा ल्याइनेछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
मन्त्रालयले सबै शैक्षिक संस्था, सरोकारवाला निकाय र सर्वसाधारणलाई यस्ता अपुष्ट सूचनामा विश्वास नगर्न र आधिकारिक जानकारी मात्र अनुशरण गर्न आग्रह गरेको छ।
















प्रतिक्रिया