काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसभित्र देखिएको मतभेद समाधान गर्न संवाद र सहमतिको बाटो अपनाउन सकिने बताएका छन्।
बुधबार सञ्चारकर्मीसँग बोल्दै उनले पार्टीभित्रको एकता कायम गर्न सबै पक्षबीच सम्मानजनक समझदारी आवश्यक रहेको उल्लेख गरेका हुन् ।
उनले सभापति गगन थापा लगायत नेताहरूसँग सहकार्य गर्न सकिने तर कसैले झुक्नुपर्ने अवस्था आउन नहुने स्पष्ट पारे। “पार्टी एकताका लागि सहमति हुन सक्छ, तर झुकेर होइन। दुवै पक्ष खुलेर छलफल गरेर साझा निष्कर्षमा पुग्नुपर्छ,” कोइरालाले भने।
कोइरालाले कांग्रेसलाई कमजोर बनाउने उद्देश्यले केही शक्तिहरू सक्रिय रहेको आरोप पनि लगाए। उनका अनुसार योजनाबद्ध रूपमा नेताहरूलाई प्रयोग गरेर पार्टीलाई दबाबमा पार्ने प्रयास भइरहेको छ।
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र डा. कोइराला पक्षका नेताहरूको बैठक मंगलबार र बुधबार धुम्बाराहीमा बसेको हो ।















प्रतिक्रिया