काठमाडौं । हवाई इन्धनको मूल्य एक्कासी बढेपछि आन्तरिक उडान भाडा बढेको छ ।
इन्धनको मूल्य करिब दोब्बर भएपछि भाडा पनि बढेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नयाँ भाडादर लागू भइसकेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य १२५ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ प्रतिलिटर पुर्याएपछि भाडा समायोजन गरिएको हो।
काठमाडौं-माउन्टेन रुटको भाडा अब अधिकतम १८ हजार २६ र न्यूनतम ११ हजार ३ सय ४२ पुगेको छ । काठमाडौं-भद्रपुर न्यूनतम ९ हजार ९८९.२ रुपैयाँ र अधिकतम १५ हजार ८ सय ३७ पुगेको छ ।
त्यस्तै काठमाडौं-विराटनगरको न्यूनतम ८ हजार ८८.९ रुपैयाँ र अधिकतम १२ हजार ७ सय ६५, काठमाडौं-जनकपुर न्यूनतम ५ हजार ५ सय ६५ र अधिकतम ७ हजार ७० कायम भएको छ ।
काठमाडौं-पोखरा रुटको न्यूनतम ५ हजार १५ र अधिकतम ८ हजार ६ सय ५ कायम भएको प्राधिकरणले जनाएको छ ।
कहाँको भडा कति ?


















प्रतिक्रिया