१३ असार २०८३, शनिबार

काँग्रेसले पूर्णबहादुर खड्कालाई गरायो सचेत

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले पूर्णबहादुर खड्कालाई सचेत गराएको छ । पार्टीको अनुशासन समितिको बैठकले खड्कालाई सचेत गराउने निर्णय गरेको हो ।

गत शनिबार बिहान एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति निकालेका थिए।

‘कार्यवाहक सभापति’का रूपमा खड्काले विज्ञप्ति जारी गरेको विषयमा सचेत गराएको कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले बताए।

गुरुङले भने, ‘विभिन्न सामाजिक सञ्जाल र मिडियामा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८१ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ।’