३ कार्तिक २०८३, मंगलबार

अविवाहित छात्राले विद्यालयमै जन्माइन् शिशु !

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । रुपन्देहीमा एकजना छात्राले विद्यालयमै शिशुलाई जन्म दिएकी छिन् ।

तिनाउ गाउँपालिका–३ स्थित तिलोत्तमा माध्यमिक विद्यालयकी एक छात्राले विद्यालयको शौचालयमा शिशुलाई जन्म दिएकी हुन् । कक्षा ११ मा अध्ययनरत छात्रा १८ वर्षकी मात्रै छिन् । उनी अविवाहित हुन् ।

घर टाढा भएर विद्यालयले व्यवस्था गरेको कोठामा साथीहरूसँग बस्दै आएकी ती छात्राले आफ्नो गर्भावस्था लुकाएर राखेको बताइएको छ । अचानक शौचालयमै सुत्केरी व्यथा लागेपछि उनले त्यहीँ बच्चा जन्माएकी थिइन्। त्यसपछि मात्र घटना बाहिरिएको हो।

केही दिनअघि उनले पेट दुखेको भन्दै विद्यालयबाट सिटामोलसमेत लिएकी थिइन्। अहिले उनलाई अभिभावकको जिम्मा लगाइएको छ ।

शिशु जन्मिएपछि छात्राले सहपाठी एक युवकसँगको सम्बन्धबाट गर्भ रहेको खुलाएकी छिन् ।