३ कार्तिक २०८३, मंगलबार

पूर्वमन्त्री खड्का र शर्माको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पौडेलको इजलासमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सम्पत्ति शुद्वीकरणको मुद्दामा पक्राउ परेका पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का र एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको बन्दी प्रत्यक्षीकरण रिटको आज सुनुवाई हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा पेशी तोकिएको हो ।

पूर्वमन्त्री खड्काको हकमा श्रीमती बिनिता खड्का र रेखा शर्माको हकमा चिन्तामणि शर्माले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गरेका थिए ।

एमालेको लुम्बिनी प्रदेश सांसद शर्मा नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिका विरूद्धको कसुर गरेको आरोपमा पक्राउ परेकी हुन् ।