१६ असार २०८३, मंगलबार

मालिगाउँ वृत्तका सई राउत २० हजार रुपैयाँ घुससहित पक्राउ

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरी वृत्त मालीगाउँ काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दिनेश राउत पक्राउ परेका छन् । राउत २० हजार घुससहित पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

उनले बैंकिंङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिए बापत र उक्त मुद्दा मिलापत्र गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।

घुस लिएको उजुरीका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले राउतलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ परेका हुन् ।

गहनापोखरीस्थित ग्रिन स्टार क्याफेबाट २० हजार घुससहित उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।