२० असार २०८३, शनिबार

महिलाको चरित्र हत्या गरेको आरोपमा रेस्लर भगवती पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सञ्जालमा एक महिलामाथि अपमानजनक टिप्पणी गर्दै चरित्रमा आँच पुर्‍याएको आरोपमा एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१२ स्थायी घर भई हाल काठमाडौंको शान्तिनगरमा बसोबास गर्दै आएकी ३५ वर्षीया रेस्लर भगवती खड्का रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार खड्काले सामाजिक सञ्जालमार्फत पीडित महिलाको तस्वीरमा अश्लील र अपमानजनक प्रतिक्रिया जनाउँदै सार्वजनिक रूपमा बदनाम गर्ने प्रयास गरेकी थिइन्। यस घटनापछि पीडितले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।

उक्त उजुरीका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले खड्कालाई चैत १७ गते काठमाडौंबाट नियन्त्रणमा लिएको हो। उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरी स्रोतले जनाएको छ।