२८ असार २०८३, आइतबार

इरानको समर्थनमा चेचन लडाकु तैनाथ गर्न तयार

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चेचन मिलिट्री युनिट्सले इरानको समर्थनमा तैनाथ हुन तयार रहेको जनाएको छ । इरानी मिडिया प्रेस टीभीका अनुसार अमेरिकी र इजरायली हमलाबीच चेचन लडाकु इरानको समर्थमा उत्रिएका हुन् ।

चेचन लडाकुको बयान यस्तो समयमा आएको छ, जतिबेला अमेरिकाले इरानमाथि स्थल कारबाही गर्नसक्ने विषय बाहिर आइरहेको छ ।

चेचन लडाकु स्थल युद्धका लागि निकै खतरनाक मानिन्छन् । युक्रेन युद्धमा समेत चेचन लडाकुले रुसका लागि निर्णायक कारबाही गरेका थिए । युक्रेनी सेनाले रुसी क्षेत्रमा कब्जा गर्दा चेचन लडाकुहरूले नै युक्रेनी सेनालाई सीमाबाट लखेटेर रुसी भूमिलाई कब्जामुक्त बनाएका थिए ।