४ श्रावण २०८३, सोमबार

प्रधानमन्त्रीलाई एमाले सांसदले भने– प्रतिशोध साध्न जरूरी छैन, अध्यक्ष ओलीको रिहाइ गरियोस्

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का सांसदहरूले आज पनि प्रधानमन्त्री बालेन्द्र साह समक्ष अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गरेका छन् ।

आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग सिंहदरबारमा भएको छलफलका क्रममा एमाले सांसदहरूले ओलीको रिहाईको माग गरेका हुन् ।

‘यो क्रान्तिबाट आएको सरकार होइन। आवधिक निर्वाचनबाटै आएको हो। राजनीतिक प्रतिशोध साध्न जरूरी छैन। ओलीको रिहाइ गरियोस् भन्यौं। हाम्रो कुरा त्यही हो,’ सांसद ऐन महरले भने।