१३ असार २०८३, शनिबार

प्रधानमन्त्रीका सल्लाहकारले छ वर्ष पहिला लेखेका थिए– ‘राजा आउ, देश बचाऊ’

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको छ वर्ष पुरानो फेसबुक स्टाटस एकाएक भाइरल बनेको छ । २०७७ पुस ५ गते उनले लेखेको फेसबुक स्टाटस अहिले भाइरल बनेको हो। फेसबुक स्टाटसमा उनले राजसंस्था पुनस्र्थापना गर्नुपर्छ भनेका थिए ।

उनले लेखेका थिए, ‘सुधारिने मौका अब राजालाई दिनुपर्छ । राजा आउ देश बचाऊ…’

गत फागुन २१ मा सम्पन्न निर्वाचनमा उनी पार्टीको गतिविधिमा सक्रिय भए पनि प्रत्यक्ष वा समानुपातिकतर्फ निर्वाचन लडेका थिएनन् । उनकै सक्रियतामा अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबीचको एकता सम्भव भएको हो ।

प्रधानमन्त्रीका सल्लाहकारले राजसंस्था फर्काउने भनेर लेखेको पुरानो स्टाटस भाइरल भएपछि उनको आलोचना सुरू भएको छ ।