३२ असार २०८३, बिहिबार

घर जलाउने र ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए टिकटकरविरुद्ध उजुरी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले एक युवतीविरूद्व उजुरी दिएका छन् ।

उनले सुनिता खड्का नामकी युवतीले टिकटकबाट आफ्नो ज्यान मार्ने र घर जलाउने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

उनले खड्कालाई रास्वपाको समर्थक भएको उजुरीमा उल्लेख गरेका छन् ।

‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरून्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु,’ उनको उजुरीमा उल्लेख छ ।