११ असार २०८३, बिहिबार

रविको अर्को तारेख बैशाख १४ गतेका लागि तोकियो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दाको अर्को तारेख बैशाख १४ गतेका लागि तोकिएको छ ।

आज काठमाडौं जिल्ला अदालतमा तारेख बुझ्न उपस्थित भएका लामिछानेलाई वैशाख १४ गतेका लागि तारेख दिएको हो ।

उनीविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ ।

गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको आरोप छ ।