३० असार २०८३, मंगलबार

एमाले अध्यक्ष ओलीको म्याद थप ‘भिडिओ कन्फ्रेन्स’ मार्फत गर्न प्रहरीको माग

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वास्थ्य अवस्थाका कारण अस्पतालमै उपचाररत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली लाई अदालतमा उपस्थित गराउन नसकिने भन्दै प्रहरीले ‘भिडिओ कन्फ्रेन्स’ मार्फत म्याद थप गर्न आग्रह गरेको छ।

प्रहरीका अनुसार चिकित्सकले हाल उनको अवस्था यात्रा गर्न उपयुक्त नभएको सिफारिस गरेपछि वैकल्पिक विधिबाट प्रक्रिया अघि बढाउने तयारी गरिएको हो। यस विषयमा जिल्ला अदालत काठमाडौंमा छलफल भइरहेको छ।

उता, सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखक लाई भने अदालतमा उपस्थित गराइएको छ। दुवै जनामाथि भदौ २३ को घटनासँग सम्बन्धित मुद्दामा अनुसन्धान भइरहेको छ।