काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध विशाल प्रदर्शन भएको छ ।
ट्रम्पविरूद्ध भएको ‘नो किङ्ग्स र्याली’मा ८० लाख मानिस सहभागी भएका छन् । ट्रम्पविरूद्ध अमेरिकाका सबै ५० राज्यका ३३ सयभन्दा बढी स्थानमा प्रदर्शन भएको हो ।
आयोजकहरूका अनुसार अक्टोबरमा भएको नो किङ्ग्स प्रदर्शनको तुलनामा यसपटक करिब ८० लाख बढी मानिस सहभागी भएका छन् भने ६ सयभन्दा बढी कार्यक्रम आयोजना गरिएको थियो ।
प्रदर्शनमा सहभागीले ट्रम्पको नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।








प्रतिक्रिया