२५ असार २०८३, बिहिबार

ओली र लेखकको रिहाइ माग गर्दै बन्दी प्रत्यक्षीकरणको निवेदन पेश हुँदै

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गर्दैै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश हुँदैछ ।

गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै दुवै पक्षले छुट्टाछुट्टै तर एकसाथ निवेदन पेश गर्ने तयारी गरेका छन् । ओलीको तर्फबाट उनकी पत्नी राधिका शाक्यले निवेदन दिने तयारी छ भने एमाले निकट कानून व्यवसायीहरुले वकालत गर्नेछन् । आज निवेदन दर्ता भयो भने भोलि सुनुवाइ हुनेछ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए ।

एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले भने अनलाइनखबरसँगको कुराकानीमा कसैसँग प्रतिशोध नसाँधेको जनाएका छन् ।