२० असार २०८३, शनिबार

गौरीबहादुर कार्कीलाई सुरक्षा थ्रेट, घर आसपास बढाइयो सुरक्षा सतर्कता

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विशेष अदालतका पूर्वअध्यक्ष एवं जेन–जी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निवास आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ । उनको भक्तपुरको गुण्डुस्थित निवासमा पनि बाक्लो सुरक्षा पहरा लगाइएको हो ।

सुरक्षा जोखिम हेरेर सरकारले कार्कीको घर वरिपरि सुरक्षा तैनाथी बढाएको हो । गत २३ र २४ भदौमा भएको घटनाबारे जाँचबुझ गर्न गठित कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।

ओली र लेखक पक्राउ परेसँगै एमालेका नेताकार्यकर्ता आक्रोशित छन् । सरकारले आयोगको सिफारिस कार्यान्वयन गर्न थालेलगत्तै एमाले विरोध प्रदर्शनमा उत्रिएको हो । देशको राजधानीसहितका विभिन्न सहर अशान्त बनेका छन् ।

ओली पक्राउलगत्तै एमाले सचिवालयको आकस्मिक बैठक डाकेर विरोध र प्रदर्शनमा उत्रिएको हो । एमालेको प्रदर्शनले शनिबार दिउँसोदेखि साँझ माइतीघर, बबरमहल, सिंहदरबार आसपास क्षेत्र तनावग्रस्त बनेको हो ।

सोही कारण उत्पन्न हुन सक्ने सुरक्षा जोखिमलाई आधार बनाउँदै सुरक्षा तैनाथी बढाइएको प्रहरी स्रोतले जनाएको छ ।