काठमाडौं । देशमा नयाँ सरकार गठन र पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशमा पनि सुरक्षा निकायलाई हाई अलर्टमा बस्न सर्कुलर भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत हाई अलर्टमा बस्न सर्कुलर भएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सागर बोहराका अनुसार देशमा विकसित अवस्था र सम्भावित सुरक्षा चुनौतीलाई मध्यजनर गर्दै हाई अलर्टमा बस्न निर्देशन आएको जानकारी दिए । ‘आजदेखि लागू हुने गरी जिल्ला प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा पनि स्थगित गरिएको छ,’ उनले भने, ‘सबैलाई स्ट्यान्डबाई बस्न निर्देशन भइसकेको छ ।’
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगको सिफारिसअनुसार राजधानीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।








प्रतिक्रिया