३० असार २०८३, मंगलबार

ओली पक्राउपछि गोकुलले भने– बालेन युग ‘ब्ल्याक होल’तिर

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि एमाले नेता गोकुल बाँस्कोटाले ‘प्रतिशोध राम्रो नहुने’ बताएका छन् ।

देश बालेन युगमा जाने भनिए पनि ब्ल्यक होलतिर जान लागेको उनको प्रतिक्रिया छ । यस्ता गतिविधिले देशलाई पाकिस्तानी र बंगलादेशी मोडलमा लाने बाँस्कोटाको भनाइ छ ।

‘बालेन युगमा जान्छ, भन्थे ब्ल्याक होलतिर जाने देखियो । पार्ट टु भनौँ होला । पार्ट थ्री कति समयमा पुग्ने हो ? पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वाग्रह र प्रतिसोध फाइनल्ली राम्रो हुँदै होइन । जसलाई जेसुकै लागोस ।’

भदौ २३ र २४ मा भएको जेन–जी विद्रोहमा युवाहरूको ज्यान लिएको गौरीबहादुर कार्की जाँचबुझ आयोगको सिफारिसमा ओली पक्राउ परेका हुन् ।