१५ असार २०८३, सोमबार

अमरेश कुमार सिंहले मन्त्री पद अस्वीकार गरेका हुन् ?

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उद्योगमन्त्री बन्ने चर्चा चलेका रास्वपा सांसद अमरेशकुमार सिंहले उक्त जिम्मेवारी अस्वीकार गरेको भनिए पनि उनले यसबारे सार्वजनिक रूपमा कुनै स्पष्ट प्रतिक्रिया दिएका छैनन्।

शपथअघि उद्योग मन्त्रालय नलिने जानकारी आएको भनिएपछि सञ्चारकर्मीले सोध्दा सिंहले यो विषय पार्टीको आन्तरिक निर्णयसँग जोडिएको भन्दै खुलस्त बोल्न उपयुक्त नहुने बताए।

उनले आफ्नो नाम मन्त्रीका रूपमा आएको चर्चाबारे समेत आफू अनभिज्ञ रहेको बताएका छन् ।

उनले भने, ‘सरकार गठन प्रधानमन्त्रीको निर्णयअनुसार हुने भएकाले मन्त्रिमण्डल छनोट पनि सोही आधारमा हुन्छ,’ ।

उनले प्रधानमन्त्री बालेन्द्र साहलाई बधाई दिँदै उनको नेतृत्वमा देश सुशासन र विकासतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।