११ असार २०८३, बिहिबार

मुस्ताङ एयरको हेलिकोप्टर सुरक्षित भेटियो

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको भनिएको मुस्ताङ एयरको हेलिकोप्टर भेटिएको छ । सो हेलिोकप्टर अपर लाप्चे गुम्बामा सुरक्षित रूपमा अवतरण भएको हो ।

हेलिकोप्टरमा सवार पाइलट र ५ जना यात्रु सकुशल रहेको बताइएको छ । क्याप्टेन सुरज थापाको कमान्डमा रहेको मुस्ताङ एयरको हेलिकोप्टर शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन भएको थियो ।

क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको नाइन एन–एएनओ हेलिकोप्टरमा चार यात्रु र चालकदलका एक जना रहेका छन् ।