१४ असार २०८३, आइतबार

नवनिर्वाचित सांसदहरूले लिए शपथ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभामा सांसदहरुको शपथ लिएका छन् ।

आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरुलाई शपथ गराएका हुन् ।

संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सबै सांसदहरुलाई स्वागत गर्दै चैत ५ गते परिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाएको बताएका थिए ।

बानेश्वरमा रहेको भवन जेनजी आन्दोलनका क्रममा क्षति भएको र नवनिर्मित भवन तयार नभएको हुँदा संसद् सचिवालय बिलखबन्दमा परेको बताए ।

उनले बहुउद्देश्यीय हललाई नै तयार पार्ने निर्णयअनुसार हतारहतारमा हल निर्माण गरिएको बताएका छन् ।