१६ असार २०८३, मंगलबार

मकवानपुरमा ट्रक दुर्घटना : एकजनाको मृत्यु, एक घाइते

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११, घट्टेपाखामा बिहान ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो । गम्भीर घाइते भएका सोही स्थानका ट्रक चालक ३३ वर्षीय कृष्ण यादवलाई उपचारका लागि चितवन पठाइएको छ ।