काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भू–भाग र मधेशमा आंशिक बादल लागेको छ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरू तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू–भाग लगायत सुदूरपश्चिम प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्ग, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी तराई भू–भागमा आंशिक बादल रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती र कोशी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्ग, असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।








प्रतिक्रिया