काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडल नियुक्त भएको छ ।
बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८’ जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । ६ वर्ष अवधिको ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ ।
सम्झौतामा एभरेष्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।








प्रतिक्रिया