५ श्रावण २०८३, मंगलबार

तोलामा ४८ सय रूपैयाँ घट्यो सुनको भाउ

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो । सुन आज तोलाको तीन लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको भाउ तीन लाख १४ हजार २०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।