१५ असार २०८३, सोमबार

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ बाघबानीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार साँझ करिब ७ः३५ बजे विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०३ – ००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र.२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–१ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुर बस्दै आएका करिब ३४ वर्षीय सुनिल महतोको मृत्यु भएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार दुर्घटनामा महतो गम्भीर घाइते भएका थिए । उनलाई एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको प्रवक्ता राईले बताए । दुर्घटनामा संलग्न बस र बस चालक दाङको तुलसीपुर नगरपालिका–९ का करिब ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।