कालिकोट । तिलागुफा नगरपालिका–२ का पूर्ववडाध्यक्ष दलसुर बोहोरा नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट निर्वाचित भएका बोहोरालाई एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुर्मराज शाही र कर्णाली प्रदेश कमिटी सदस्य तथा तिलागुफा नगरउपप्रमुख महेन्द्रबहादुर शाहीले पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै बोहोराले एमालेको नीति, सिद्धान्त र राष्ट्रप्रतिको दृष्टिकोणबाट प्रभावित भएर पार्टीमा समाहित भएको बताए । उनले कालिकोटमा एमाले संगठन सुदृढ बनाउन सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा एमाले तिलागुफाका अध्यक्ष बिर्ख सुनार, एमाले प्रदेश कमिटी सदस्य कमलकुमार शाही, जिल्ला कमिटी सदस्य खडानन्द चौलागाईं, अनेरास्वियु नेता धर्म शाही लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।








प्रतिक्रिया