१५ असार २०८३, सोमबार

समानुपातिकतर्फ १ करोड २ लाख मतगणना, कुन दलको कति पुग्यो ?

8.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना भएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन्दा बढी अर्थात् ४९ लाख २९ हजार ८५० मत प्राप्त गरेको छ ।

त्यस्तै, नेपाली कांग्रेसले १६ लाख ६७ हजार ७३३, नेकपा (एमाले)ले १३ लाख ८५ हजार ७३०, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सात लाख ४८ हजार ८१६, श्रम संस्कृति पार्टीले तीन लाख ४६ हजार ७८६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन लाख २२ हजार ०२२ मत प्राप्त गरेको छ । जनता समाजवादी पार्टी नेपालले एक लाख ६८ हजार ४०४, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६४ हजार ४२०, जनमत पार्टीले ७५ हजार २०४ मत प्राप्त गरेका छन् ।

समानुपातिकतर्फ कुल खसेको मत एक करोड ९ लाख ७७ हजार ७११ रहेको छ ।