काठमाडौं । इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका छोरा मोज्तबा खामेनीलाई उनको उत्तराधिकारी र देशको नयाँ सर्वोच्च नेता चयन गरिएको छ । सोमबार बिहान इरानी सरकारी टेलिभिजनले मोज्तबाको नाम घोषणा गरेको हो ।
इरानी सर्वोच्च नेता अयातोल्लाह फेब्रुअरी २८ मा अमेरिका–इजरायली आक्रमणमा मारिएका थिए ।
सन् १९८९ मा रुहोल्लाह खोमेनीको मृत्युपछि अयातोल्लाहले इरानको सर्वोच्च नेताको पद सम्हालेका थिए । खामेनीले १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तिमा प्रमुख भूमिका खेलेका थिए, जसले शाह मोहम्मद रेजा पहलवीलाई अपदस्थ गरेको थिए ।
नयाँ सर्वोच्च नेता घोषित भएका मोज्तबाले अहिलेसम्म औपचारिक सरकारी पद सम्हालेका छैनन् । तर लामो समयदेखि सर्वोच्च नेता पदको प्रमुख दावेदार मानिन्थे ।










प्रतिक्रिया